प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति
काठमाडौं । प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा आइतबार राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । यस अघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् ।