बुडोल सामुदायिक साकोसको २५ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः केसी

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः कैलाश केसी चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको २५ औं वार्षिक साधारण सभाले चार वर्षको लागि कैलाश केसीको नेतृत्वमा सञ्चालक समिति र पूर्णबहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्वारोध चयन गरेको हो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा प्रकाश भुर्तेल, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम केसी, सह–सचिवमा गीता कुँवर क्षेत्री, सह कोषाध्यक्षमा राधाकृष्ण श्रेष्ठ चयन भएका छन् । त्यस्तै सञ्चालक समितिको सदस्यहरुमा हरिराम कुइकेल, गायत्री खड्का, भवानी केसी, सुनिता मल्ल ठकुरी, अर्मेसा लामा चयन भएका छन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा शर्मिला नेपाल र दिपक के.सी. चयन भएका छन् । संस्थाले २५औं वार्षिक साधारण सभा चाव वटा एकाईमा सञ्चालन गरेको थियो । चार वटै एकाईबाट छनोट भएर आएका प्रतिनिधि र निर्णय प्रमाणितकर्ताहरूको साथमा आज अन्तिम निर्णय प्रमाणित सभा भएको थियो । आर्थिक वर्ष २०८०।०८१ को अन्त्यमा संस्थाको कुल सम्पत्ति २ अर्ब ७६ लाख, कुल बचत १ अर्ब ५८ करोड ५ लाख , शेयर पुँजी १६ करोड ५७ लाख, लगानीमा रहेको ऋण १ अर्ब ३५ करोड ६१ लाख, संस्थागत पूँजी १६ करोड ६२ लाख र सञ्चालन मूनाफा ५ करोड ६२ लाख रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *