दुर्गा प्रसाईं समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु
झापा । दुर्गा प्रसाईं पक्राउको बिरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ ।
प्रसाईं समर्थकले बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक चालकलाई बाहिर निस्किन नदिई असोज ७ गते डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए । बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल ९पीडीएफ०ले झापाको यातायात बन्दकोक्रममा भारतीय ट्रकमा आगजनी गरेका थिए ।
आगलागीबाट ट्र्कको अगाडिको भाग पुर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्र्कका चालक भारत इस्लामपुर बस्ने बर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका थिए । चालकको उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भईरहेको अवस्थामा शनिबार मृत्यु भएको हो ।
चालकको मृत्यु भएपछि उनका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए । घटनापछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर शव नेपाल ल्याइएको छ ।