एभरेष्ट बैंकको १५.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंकको ३० औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

साथै बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको पनि निर्वाचन गरेको छ । सञ्चालकहरूको भ्रमण भत्ता वृद्धि, संञ्चालक समितिको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८१।८२ को लागि लेखापरिक्षकको गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *