क्यानडा एचपीसँगको अभ्यास खेलमा नेपाल विजय

काठमाडौं । नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ ।

गएराती सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो । अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुदै १७७ रन बनाएको थियो । यसअघि पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा २० रनको विजयी भएको थियो ।

क्यानडा भ्रमण अन्तर्गत विश्वकप लिग-२ सिरिजमा नराम्रो प्रदर्शन गरको नेपालले त्यसपछि खेलेको टी-२० ४ मध्ये २ खेल जितेको थियो । अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *