दसैँ टीकाको शुभसाइत कुन देश,स्थानमा कुन समय ?
काठमाडौं । दसैँको टीका आज शुभसाइतमा लगाइँदै छ । बिहान ११ः३६ बजेको उत्तम साइतमा टीका लगाइँदै छ । यो उत्तम साइत भए पनि दिनभर टीका लगाउन सकिने बताइएको छ । देशअनुसार टीकको उत्तम साइत भने फरक हुने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ । समितिका अनुसार भारतको देहली (दिल्ली)मा सन् २०२४ अक्टोबर १२ को बिहान ११ः४२ बजे दसैँ टीकाको शुभसाइत रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा २०२४ अक्टोबर १२ को बिहान १०ः०१ मा शुभसाइत रहेको छ । अस्ट्रेलियाको सिड्नीमा २०२४ अक्टोबर १३ को बिहान ११ः२१ बजे शुभसाइत रहेको छ । जापानको टोकियोमा २०२४ अक्टोबर १३ को बिहान ११ः३५ बजे दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।
विभिन्न देशका निम्ति सूची –