गौशाला धर्मशालामा महानगरले बोर्ड राख्न खोजेपछि मारवाडी सेवाको विरोध

काठमाण्डौं । गौशाला धर्मशालामा काठमाडौं महानगरपालिकाले बोर्ड राख्न खोजेपछि मारवाडी सेवा समितिले विरोध गरेको छ। महानगरपालिकाले धर्मशालामा मंगलबार दिउँसो बोर्ड राख्ने तयारी गर्दा मारवाडी सेवा समितिले विरोध जनाएका हुन्। उनीहरूले मुद्दाको किनारा नलागेसम्म न्यायिक अधिकार सुरक्षित रहनुपर्ने माग राख्दै प्लाकार्डसहित प्रदर्शन गरेका हुन्। यसअघि मारवाडी सेवा समाजले चलाउँदै आएको धर्मशाला काठमाडौं जिल्ला अदालतको फैसलापछि पशुपति विकास कोषले नै व्यवस्थापनको जिम्मेवारी पाएको थियो। कोषको अधिकार क्षेत्रमा परेपछि कोषले धर्मशालाको व्यवस्थापकीय जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिएको थियो।

कोषले जिम्मा दिएपछि काठमाडौं महानगरपालिकाले यसअघि पनि धर्मशालामा बोर्ड लगाउने प्रयत्न गरेको थियो। त्यतिबेला मारबाडी सेवा समाज र महानगर प्रहरीबीच धकेलाधकेलको स्थिति उत्पन्न भएको थियो। त्यसपछि काठमाडौं महानगरपालिकाले धर्मशाला व्यवस्थापनका लागि सुरक्षा व्यवस्था मिलाइदिनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयललाई समेत पत्राचार गरेको छ। महानगरले मारवाडी सेवा समाजलाई पनि सहयोगका लागि अपिल गरेको छ। मारवाडी सेवा समाजले भने फैसला भए पनि पूर्णपाठ सार्वजनिक नभइसकेकोले त्यतिबेलासम्म आफूहरूको न्यायिक अधिकार सुनिश्चित हुनुपर्ने बताएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *