साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाण्डौं । साफ महिला च्याम्पियनसिप २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ। कात्तिक १ देखि १४ सम्म काठमाडौंको दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप २०२४ मा सहभागी हुन भुटानबाहेक सबै टोली काठमाडौं आइपुगेका छन्। भुटानी टोली भोलि बिहान काठमाडौं आइपुग्नेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता आयोजना गर्न लागेको हो। नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजन गर्न लागेको हो। यसअघि नेपालले सन् २०२२ र २०१९ मा पनि प्रतियोगिता आयोजना गरेको थियो। दुवै संस्करणमा नेपाल उपविजेतामा सीमित बनेको थियो। प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन्। समूह ए मा भारत, बंगलादेश र पाकिस्तान छन्। समूह ुबीु मा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन्। प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुनेछ। नेपालको पहिलो खेल शुक्रबार भुटानसँग छ। यो खेल नेपाली टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले गुमाउने पक्का भएको छ। साम्बा आगामी आइतबार मात्र काठमाडौं आइपुग्नेछिन्। उनी आएको भोलिपल्ट नेपालले माल्दिभ्ससँग खेल्नेछ। त्यसैले यो खेल पनि उनले खेल्ने नखेल्ने पक्का छैन। प्रतियोगिताका लागि समूह चरणका खेलको टिकट मूल्य साधारण प्यारापिटको ३ सय र भिआइपिएको ५ सय तोकिएको छ। सेमिफाइनल र फाइनलको टिकट मूल्य ५ सय र एक हजार रहेको छ। यस्तै १० वर्षका मुनिका बालबालिकाले उमेर खुल्ने प्रमाणपत्र देखाए निशुल्क खेल हेर्न पाउने एन्फाको भनाइ छ। साथै यसपटक रंगशालाभित्र बजार मूल्यमा खानेकुरा किन्न पाइने एन्फाले जनाएको छ। प्रतियोगिताका खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हुनेछ।
नेपाली टोली
गोलकिपर ः अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर ः गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल, सजनी थोकर
मिडफिल्डरः रेनुका रगरकोटी, प्रिति राई, सरु लिम्बू, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी
फरवार्ड ः रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल, सावित्रा भण्डारी साम्बा

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *