एभरेष्ट बैंकले कात्तिकमा स्थिर राखे ब्याजदर
काठमाडौं । एभरेष्ट बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी असोज महिनामा तोकेको ब्याजदर नै यथावत राखेको जनाएको छ । बैंकले विभिन्न बचत, मुद्दती खाता र कर्जाका खाताहरूमा असोजको ब्याजदर नै लागू हुने बताएको छ ।
बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको छ । यस्तै बैंकले कात्तिकमा साधारण बचत खातामा ३.०५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।