पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर शाही फरार

काठमाडौं । प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी फरार भएकी छन् । ललितपुर प्रहरी परिसरले उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति मागेको थियो । अदालतले इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएकी हुन् । पक्राउ पुर्जी जारी भएलगत्तै उनी सम्पर्कमा नरहेको र खोजी जारी रहेको ललितपुर प्रहरी स्रोतले जनायो ।

यसअघि, प्रहरीले शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाललाई समेत पक्राउ गरिसकेको छ । एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गरेको घटनामा इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएपछि शाहीलाई निलम्बन गरिएको थियो । व्यवसायीसँग ३० लाख रुपैयाँ असुली गरेको घटनाबारे छानबिन गर्न बनेको समितिको सिफारिसको आधारमा चालक हमाल र शाहीलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *