पतिपत्नीको डिएनए टेस्ट गराउँदा जब दाजु बहिनी भएको खुलासा

अमेरिकामा बस्ने सेलिना र जोसेफ क्विनोसको १० वर्षअघि बिहे गरेका क्विनोस दम्पत्तिको दाम्पत्य जीवन सुखपूर्वक बितिरहेको थियो । तर एक दिन उनीहरुले ख्यालठट्टामै दुबैजनाको डिएनए परीक्षण गराउने निधो गरे । अमेरिकामा डिएनए परीक्षण गर्ने कुरा निकै सहज काम हो, तर त्यसको जुन नतिजा निस्कियो त्यो उनीहरुकै जीवनको सर्वाधिक कठीन नतिजा बनिदियो । आफु र आफ्नो पतिको डिएनए जाँचको नतिजाको विषयमा सेलिनाले एक पडकास्ट मार्फत् खुलासा गरेकी छिन्। वास्तवमा मानिसहरुका प्रश्नको जवाफ दिनका लागि उनीहरुले डिएनए परीक्षण गरेका थिए । उनीहरु आफ्नो विरासत अर्थात् पुस्ताहरुको बारेमा जान्न चाहन्थे। सेलिन भन्छिन्, ‘मेरी छोरी कालो वर्णकी छिन् । मेरो एउटा छोराको कपाल घुम्रिएको छ तर मेरो अर्को छोरा भने गोरो वर्णको छ। त्यसैले मानिसहरुले मलाई सधै सोध्ने गर्दथे कि तिमी को हौ ? तिम्रो पृष्ठभूमि के हो ? त्यसको जवाफमा मैले म रैथाने अमेरिकी हुँ मात्र भन्थेँ । तथापि मलाई एकीन थिएन। जब पति पत्नी खासमा दाजु बहिनी भएको खुलासा भयो‘ डेलीस्टारको रिपोर्ट अनुसार त्यसपछि ठट्टै ठट्टामा सेलिना र जोसेफ क्विनोस दुबैजना पतिपत्नीले नै डिएनए परीक्षण गराए । जब उक्त परीक्षणको नतिजा उनीहरुको हातमा पर्यो तब उनीहरु दुबैजना तिनछक परे । किनकि डिएनए टेस्टले सेलिना र जोसेफ वास्तवमा ‘‘। दाजु बहिनी भएको खुलासा भयो । सो यथार्थ थाहा पाउँदा दुबैजनालाई ठूलै झट्का लाग्नु स्वभाविकै थियो किनकि ३ पुस्ता बितिसकेको हुनाले उनीहरुलाई त्यस यथार्थको बारेमा कुनै कल्पनासम्म थिएन । अमेरिकाको कोलोराडोमा बस्ने सेलिना र जोसेफले आफ्नो सो कथा सोसल मिडियामा शेयर गरेका छन् । आफुहरुबीच दाजु बहिनीको नाता भएको थाहा हुँदापनि आफुले पति जोसेफसँगको पति पत्नीको नाता तोड्न नचाहेको सेलिना बताउँछिन् । त्यसैले उनीहरु अहिले डिभोर्स गर्ने पक्षमा छैनन् । स्मरण रहोस् परिवार भित्रै वा हाडनातामा विवाह गर्नु वैज्ञानिक रुपमा पनि सही मानिँदैन । किनकि यसबाट आनुवांशिक समस्या समेत उत्पन्न हुने जोखिम रहन्छ । एजेन्सीको सहयोगमा

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *