पूर्वमन्त्री श्रेष्ठको निधन

काठमाडौँ । पूर्वमन्त्री डम्बर श्रेष्ठको क्यान्सरबाट चितवनस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको छ । नेकपा मालेको स्थायी कमिटीका परामर्शकारी सदस्य समेत रहेका उनले लामो समयदेखि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउँदै आएका थिए ।

नेकपा मालेले बुधबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले स्तब्ध भएको जनाएको छ । ‘कमरेड डम्बरको निधनले पार्टीले एउटा जिम्मेवार नेता र नेपालको श्रमजीवी वर्गले एउटा भरपर्दो क्रान्तिकारी साथी गुमाएको छ । यो अपूरणीय क्षति हो’, महासचिव सिपी मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *