सन नेपाल लाइफलाई आईएसओ,आईईसी २७००१:२०२२ को प्रमाणपत्र

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आईएसओ,आईईसी २७००१ :२०२२ को प्रमाणपत्र पाएको छ । कम्पनीले युकेएएस (युनाईटेड किङडम एक्रीडिएसन सर्भिस) बाट मान्यताप्राप्त एमटीभो लिमिटेड, यूकेबाट उक्त प्रमाणपत्र पाएको हो । कम्पनीले आईएसओ,आईईसी २७००१ :२०२२ को प्रमाणपत्रले कम्पनीको सूचना सुरक्षण व्यवस्थापन प्रणाली (इन्फरमेसन सेक्युरिटी मेनेजमेन्ट सिस्टम) अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम रहेको पुष्टि गरेको जनाएको छ ।

कम्पनीले नेपालको बीमा ब्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम आईएसओ,आईईसी २७००१ :२०२२ को प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी रहेको दाबी गरेको छ । कम्पनीले आईएसओ,आईईसी २७००१ :२०२२ को मान्यता प्राप्त गरेसँगै समयसमयमा हुने परीक्षणहरूबाट कम्पनीको सूचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुने जनाएको छ । साथै कम्पनीले निरन्तर रूपमा यसको पालना र अभ्यासबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने विश्वास पनि लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *