लामिछानेलाई पक्राउ गर्न पुगेको प्रहरीलाई कुनै अवरोध नगर्न रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई कुनै अवरोध नगर्न पार्टी कार्यकर्तालाई आग्रह गरेको छ । रास्वपाका नेता मनिष झाले लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली पार्टी केन्द्रीय कार्यालय पुगेको र पार्टीका तर्फबाट प्रहरीलाई कुनै अवरोध नगर्न भनिएको बताएका छन् ।

उनले सत्तापक्षले कसैको राजनीति अवसर जोगाउन कुण्ठित कदम चालेको पनि बताएका छन् । राजनीतिक प्रतिशोध साँधेको कुरामा हामी स्पष्ट छौँ, उनले भनेका छन् । अगाडि उनले भनेका छन्,पक्राउ गर्न आउनुभएका प्रहरी अधिकारीहरूलाई कुनै किसिमको प्रतिकार र अवरोध नगर्न पार्टी सदस्यहरूलाई अनुरोध गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *