साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार साढे ५ बजे सुरु हुनेछ । हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको थियो ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी छन् । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *