सुनको मूल्य दुई हजार बढेर फेरि तोड्यो रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । आजको सुनको मूल्य हालसम्मकै उच्च हो । बिहीबारको रेकर्ड ब्रेक गर्दै छापावाल सुनले नयाँ रेकर्ड बनाएको हो ।
बिहीबार छापावाल सुन एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।