रास्वपाका नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा हानेको थियो । तर त्यसपछि भिड पछि नहटेपछि प्रहरीले अश्रुग्याँस हानेको हो । रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखरामा अहिले पनि नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनलाई ध्यानमा राख्दै ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारी र प्रहरी आमने सामने हुदा अवस्था तनावग्रस्त बनेको खबर आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *