संसदीय समितिको प्रतिवेदनले सहकारी ठगीको मुद्दालाई कमजोर बनायो- नेता बिडारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिको प्रतिवेदनले सहकारी ठगीको मुद्दालाई कमजोर बनाइएको बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालद्वारा समसामयिक विषयमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूर्य बहादुर थापा क्षेत्री नेतृत्वको संसदीय विशेष समितिको प्रतिवेदनले मुद्दा कमजोर बनाएको र जनतालाई समेत दुई भागमा विभाजित गरिदिएको बताएका हुन् । ‘कारबाही गर्नुपर्छ भन्ने एकथरी, खबरदार कारबाही गर्न हुँदैन भन्ने अर्कोथरी । यसको मुख्य कारण चाहीँ संसदीय समितिको प्रतिवेदन हो । संसदीय समितिको प्रतिवेदनले नै नेपाली जनतालाई दुई भागमा लगाइदियो । यो जम्मै गडबड भएको, मुद्दा कमजोर भएको संसदीय समितिको प्रतिवेदनले हो ।

संसदीय समितिले छानविन गर्न सक्दैन र हुँदैन भनेर मैले डे वानदेखि भन्दै आएको थिए ।’ उनले भने, ‘दोहोरो अर्थ लाग्ने गरी प्रतिवेदन दिने । रविले केही पनि गरेको छैन है सहकारीमा पनि उसैले लेख्ने, अनि रविलाई कारबाही गर्नुपर्छ है भनेर पनि उसैले लेख्ने । योजस्ता नालायक प्रतिवेदन संसदीय इतिहासमा कहिले पनि आउँदैन ।

नेता बिडारीले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेजस्तो सहकारी ठगलाई बोकेको टिप्पणी गरे । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहकारी ठगहरुलाई बोकिरहेको उनको दाबी छ । नेता बिडारीले ठग र अपराधी वरिपरी नराखी प्रधानमन्त्री बन्नै नसकिने अवस्था आइपरेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *