भन्सार छली नाका भित्र्याइएका सामान बरामद

पर्सा ।आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको रु १८ लाख ५० हजार मूल्यका लत्ताकपडा सहित किरानाका सामान सशस्त्र प्रहरी बलले बरामद गरेको हो।

आइतबार वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार छली गरेर ल्याएको रु १४ लाख ६० हजार मूल्य पर्ने किराना सामान, कपडा, कस्मेटिक, मोटरपार्टस्, मोबाइल एसेसोरिज, इलेक्ट्रोनिक्स तथा मेडिकलका सामान सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले बरामद गरेको हो।

सशस्त्र प्रहरीले आइतबार नै ड्राइपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित चण्डालबाट भन्सार छली गरेर ल्याएको रु एक लाख ६९ हजार मूल्य पर्ने जुत्ता, कपडा र किराना सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ।

यसैगरी गत शनिबार वीरगञ्ज महानगरपालिका–१९ बर्वास्थित रु दुई लाख २८ हजार मूल्य पर्ने किनाराका सामान, इलेक्ट्रिक सामान, मोटर पार्टस्, कपडा तथा खेलौनाका सामान बरामद प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले गरेर भन्सार कार्यालयलाई बुझाएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेका अनुसार, सशस्त्र प्रहरीको सक्रियता बढाएसँगै भन्सार छली गरेर ल्याएका सामान पक्राउ पर्ने क्रम बढेको हो । भन्सार छली गरेर बरामद भएको सामानलाई वीरगञ्ज भन्सार कार्यालयमा आवश्यक प्रक्रिया पुर्‍याएर बुझाएको उनले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *