रास्वपा कार्यकर्ताको प्रदर्शन आज पनि पोखरामा जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन जारी राखेका छन् ।

रास्वपाका कार्यकर्ताहरु आज पनि बिभिन्न ठाउँबाट पोखरा पुगेर सोमबार पनि प्रदर्शन जारी राखेका छन् । रास्वपाका कार्यकर्ताहरु पृथ्वी चोकमा केहीबेर नाराबाजी गरेपछि अब चिप्लेढुंगा, महेन्द्रपुल हुदै मानवअधिकार चोकतर्फ गरिरहेको भन्ने खबर आएको छ । आजको प्रदर्शन हाल सम्म शान्तिपूर्ण रहेको छ भने प्रदर्शनका कारण पोखराको यातयात भने प्रभावित भएको छ ।

प्रहरीले गत शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई भने आइतब जिल्ला अदालत कास्कीमा पेश गर्दै ६ दिनका लागि हिरासतमा राख्ने अनुमति पाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *