गीतकार बलराम बस्नेतको नयाँ गित ‘प्यारो मान्छे’ सार्वजनिक

काठमाडौं । गीतकार शन्ति (बलराम) बस्नेतको नयाँ गित ‘प्यारो मान्छे’ सार्वजनिक भएको छ । उक्त गीत केही दिन अघि OSR Digital युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

बस्नेतको शब्दले सिँगारिएको ‘प्यारो मान्छे’मा सङ्गीतकार नारायण दङ्गाएको सङ्गीत रहेको छ । चर्चित गायक-गायिका प्रताप दास र रचना रिमालको स्वरमा रहेको उक्त गीत ‘प्यारो मान्छे’ को म्युजिक भिडियोमा नायक सलोन बस्नेत र नायिका मोनिका बोहोराको अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई दिनेश काफ्लेले निर्देशन गरेका हुन् ।

सिन्धुलीको दुर्गम गाउँ बालाजोरमा सामान्य परिवारमा जन्मिएका बस्नेत स्कुले जीवनदेखि गीत-सङ्गीत र साहित्य सिर्जनामा रुचि राख्थे । पेसाले व्यवसायी भए पनि पछिल्लो समय गीत लेखनमा बस्नेतको कलम चलिरहेको छ ।

बस्नेतले कोरोनाका कारण मुलुक लकडाउनले सुनसान र मानिसहरू बिना काम भौँतारिइरहेको बेला त्यसको सदुपयोग गर्दै थुप्रै गीतहरू रचना गरेका थिए । त्यसमध्ये ‘सिन्धुली गढी’ र ‘सुन्दर नेपाल’ नामक दुई गीत बजारमा आइसकेका छन् भने हाल ‘प्यारो मान्छे’ नामक म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

भिडियो हेर्नुहोस्

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *