छवि र रविलाई पाँच जिल्ला पुर्‍याएर बयान लिने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही लगिएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे बयान लिन जोशीलाई रुपन्देही लगिएको हो । उनी असोज ६ गते पक्राउ परेका थिए । जोशीसँगै कात्तिक २ गते सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत सूर्यदर्शन सहकारी ठगीबारे बयान सकिएपछि रुपेन्देही लगिने तयारी गरेको छ । पोखरा प्रहरी स्रोतका अनुसार सूर्यदर्शनसहित विभिन्न पाँचवटा सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा रकम आएको खुलेको सहकारी रहेको जिल्लाहरुमा छवि र रविलाई लैजाने तयारी गरेको हो ।

रुपेन्दीसँगै उनीहरुलाई वीरगन्ज, चितवन, काठमाडौंसमेत ल्याइने छ । वीरगन्जको सानोपाइला सहकारी, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा अवैध तरिकाले रकम आएको खुलेको थियो । जोशी ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक र रवि प्रबन्ध निर्देशक हुन् । गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने अझैँ फरार छन् । संसद्को सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले जीबी राईले स्थापना गरेको पाँच सहकारीमार्फत ६५ करोड रकम अवैध तरिकाले आएको खुलाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *