सरकारलाई खबरदारी गर्न माओवादीले यही कात्तिक १० गते प्रदर्शन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकारबाट भएका गलत काममा खबरदारी गर्न यही कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको बताएका छन् ।

आज (बुधबार) बिहान पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् । प्रेस सेन्टर नेपालका इञ्चार्ज समेत रहेका उपाध्यक्ष सापकोटाले कातिक १० गते हुने प्रदर्शनका क्रममा सरकारले एक सय दिनमा गरेका गलत काम राम्रोसँग थाहा पाउने बताए । ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आक्रामक रूपमा प्रस्तुत हुने नीति लिएको छ । यसैक्रममा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

यसअघि माओवादीसहितका विपक्षी दलहरुले सुशासनमा सरकार कमजोर भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए । आजै अपराह्न विपक्षी दलहरुले राष्ट्रपतिको समेत ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *