एमालेको प्रलोभन

असोज महिनाको दोस्रो सातामा आएको अविरल बर्षाका कारण सिंगो मुलुक अस्तव्यस्त भएको वेला प्रधानमन्त्री खड्गप्रसाद ओलीको दल नेकपा एमालेलाई एकजना विवादस्पद व्यापारीले अर्ब बढीको जग्गा चन्दा दिए । र , त्यो जग्गामा आफैँ ले अत्याधुनिक पार्टी कार्यलय भवन निर्माण गरिदिने घोषणा गरे । अहिले उक्त प्रकरणले निकै ठुलो विवाद सिर्जना गरेको छ । बैंक सामान्य कर्मचारीबाट ब्यावसायमा हात हालेका भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङ चन्दादाता र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्ग ओली चन्दा लिने व्यक्ति दुबैको चरित्र जग्गा किर्ते गरी आफ्नो नाममा दर्ता गर्ने धन्धामा धेरै पहिलेदेखि लागेको व्यक्ति हुन ।

पछिल्लो समय प्रधानमन्त्रीको सरकारी निवासस्थान रहेको ललितानिवास जग्गा काण्डका मुख्य नाइके पनि गुरुङ नै हुन । सो मुद्धामा उनी केही समय जेलबसेर अहिले घरौटीमा रिहा भएका मात्र हुन । भाटभटेनीको कर छलिमा पनि उनी पटक पटक विवादमा पर्ने गरेका छन । अहिले पनि भाटभटेनी कालो सुचीमा छ । यसरी ठगी र अपारदर्शी कारोवारको विवादमा परिरहेका गुरुङसँग देशको एउटा जिम्मेवार राजनीतिक दलले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा चन्दा लिर्नु पर्ने बाध्यता के आइलाग्यो । त्यसमा करोडौँ खर्च गरेर घर पनि बनाइदिने गुरुङको चाहानाका पछाडि कुन स्वार्थले काम गरेको छ । मुद्धा खेपिरहेको एउटा व्यापारीसँग चन्दा लिने वर भवन सिलान्यास गर्ने नौटंकीमा प्रमपत्नीको समेत सहभागिता अजिव लाग्दो देखिन्थो । चन्दादाताका पनि पतिपत्नीकै सहभागिता थियो । यसमा एमालेले चन्दा लिने संस्थागत निर्णय पनि नगरेको भनेर सो दल भित्र अहिले तीब्र असन्तोष देखिएको छ । डा. भिम रावल, विन्दा पाण्डे समेतका नेता कार्यकर्ताले त सार्वजनिक रुममै बिरोध जनाइसकेका छन । तिनीहरुले आझैँ ढिलो नभइसकेकाले उक्त चन्दा अस्वीकार गर्नुपर्ने अडान राखेका छन । त्यसरी वोल्ने तीनजना नेतामाथि स्पष्टीकरण समेत सोधिएको छ । गुरुङले एमालेलाई दान गरेको जग्गा अझै गुरुङको नाममा नआइसकेको सार्वजनिक रुपले चर्चा चलेको छ ।

एमाले आर्थिक मामिलामा धेरै पहिलेदेखि विवादमा पर्दै आएका छ । त्यसमा पनि पार्टी अध्यक्ष खड्ग ओली त दर्जनौँ काण्डमा मुछिएका छन । उनी प्रधानमन्त्री भएकै वेला भ्रष्टाचार विरुद्ध कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रान्सपरेसी इन्टरनेशनल शीर्षकमा एउटा प्रतिवेदन तयार पारेको थियो । उनलाई व्यक्तिगत रुपमा लगानी गरिदिएर राज्यलाई ठग्ने , अनुचित लाभ लिनेको संख्या मुलुकमा निकै ठुलो छ । त्यसमा यति ग्रुप, ओली समेतको संकटका समयमा ठुलाठुला थियो । गुरुङको कारोवार नै शंकास्पद छ । तीन दशकको हाराहारीमा उनले देशभरि एकतीस वटा विशाल भवन निर्माण गरेर सुपरमार्केट खोलेका छन । त्यसमा म्याद नाघेका सामानको स्टिकर बदलेर वेच्ने गरेका घटना धेरै पटक सार्वजनिक भएको छ । यस्ता व्यक्तिसँग देशको प्रमुख सत्तारुढ दल र स्वयम प्रधानमन्त्रीले निस्वार्थ रुपमा चन्दा स्वीकार गरे भनेर विश्वास गर्ने आधार छैन ।

उनी विद्यार्थी कालदेखि नै एमाले भएको, जागिरे जीवनमा पनि एमाले नै रहेको हास्यास्पद तर्क गरेर खराब नियतलाई छोप्न खोज्नुभन्दा सुशासन र पारदशिताको क्षेत्रमा थोरै विश्वास दिलाउन कै लागि भए पनि त्यसलाई अस्वीकार गरिनु राम्रो हुन्छ । गुरुङले पनि बाढी पहिरोबाट घरवार गुमाएकाका लागि एक अर्ब रुपैया पुनः निर्माणमा चन्दा दिएको भए सबैले त्यसलाई हार्दिक रुपले स्वीकार गर्ने थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *