फोनपोइन्ट्‍ससँग इसेवाले सहकार्य गर्ने

काठमाडौं । इसेवाले फोनपोइन्ट्‍ससँग सहकार्य गर्ने भएको छ । नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फोनपोइन्ट्‍ससँग सहकार्य गर्ने निर्णय गरेको जनाएको छ । ‘प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान गर्न नियमीत प्रयोगकर्ताहरूलाई दिइने ‘लोयल्टी प्वाइन्टस्’ लाई एकीकृत गर्ने विकल्प दिइएको छ । एकीकृत गरिएका ‘लोयल्टी प्वाइन्टस्’ प्रयोग गरी विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन र उपभोग गर्ने प्रक्रियालाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ,’ इसेवाले भनेको छ । फोनपोइन्ट्‍स एक एकीकृत ‘लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म’ हो ।

जसबाट व्यवसायीले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै व्यावसायिक अनुभव प्रदान गर्न सक्छन् । प्रयोगकर्ताले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोबारबाट आर्जन गरेको प्वोइन्टलाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरू अवलोकन गरी तिनको उपभोग गर्ने अवसर फोनपोइन्ट्‍सले प्रदान गर्छ । फोनपोइन्ट्‍सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलका अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरेको छ । यो प्रक्रिया सिधै फोनपोइनट एपबाट पनि गर्न मिल्ने भएका कारणले प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरी छिटो सेवा प्राप्त गर्न सक्ने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *