रवि र छविलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

लामिछानेलाई गत शुक्रबार पक्राउ गरेर पोखरा लागिएको थियो भने जोशीलाई गत असोज ७ गते पक्राउ गरेर पोखरा लागिएको थियो । जोशीलाई गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । त्यस्तै कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको लागि थप भएको म्याद आज सकिदैछ । अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा परेको छ ।

कागजात प्रमाणित गर्ने काम भइरहेकोले लामिछानेको बयान सकिएको छैन । प्रहरीले लामिछानेलाई आज म्याद थप गरेर बयानका लागि रुपन्देही लैजाने तयारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *