रवि सर्मथकले भ्रामक समाचार प्रचार गरेको भन्दै प्रहरीको आपत्ति

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने पक्राउको विषयलाई लिएर सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरिएको भन्दै कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ ।

अनुसन्धानको क्रममा रहेका लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा म्याद थप गर्न अदालतमा उपस्थित गराउँदा इजलासमा हतियारसहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक र झुट्टा सूचनाहरु सामाजिक सञ्जालमा सम्प्रेषण भएको भन्दै कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको हो ।

‘तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले लामिछानेको पक्षमा पोष्ट गरिएका त्यस्ता झुट्टा तथा भ्रामक अभिव्यक्तिले प्रहरीलाई बदनाम गराउने समेत बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *