वात्सल्य नेचुरल आईभीएफको नयाँ क्लिनिक पोखरामा

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ प्रालिले पोखरामा नयाँ क्लिनिक सञ्चालनमा ल्याएको छ । कास्की लगायत यस आसपासका जिल्लाहरूमा वात्सल्यको सेवाको आवश्यकता रहेका परिवारलाई सहज प्रजनन् सेवा प्रदान गर्ने उद्देश्यले क्लिनिकको स्थापना गरिएको हो । पोखरास्थित क्लिनिकबाट आईयूआई (इन्ट्रा युटेराइन इन्सेमिनेसन) सेवा उपलब्ध हुनुको साथै प्रजनन् जाँच, प्रसुतिपूर्वका सम्पूर्ण हेरचाह, ओवुलेसन इन्डकसन, जस्ता विभिन्न अत्याधुनिक प्रजनन् उपचारका सेवाहरू प्राप्त गर्न सकिने जनाइएको छ । पोखरा क्लिनिकको उद्घाटन समारोहमा आयोजित विज्ञसँग निसन्तानपनको बुझाइ चुनौती र समाधान शीर्षकमा विशेष छलफल भएको थियो । प्रजनन् विशेषज्ञ डा. आकृति भारती, मनोचिकित्सक डा. निर्मल लामिछाने, अभिनेत्री प्रियंका कार्की र मिस नेपाल २०२४ आश्मा कुमारी केसी सहभागी थिए ।

प्रजनन् विशेषज्ञ डा. आकृति भारतीले आईभीएफलाई समाजले हेर्ने दृष्टिकोणमा उल्लेख्य परिवर्तन भएको बताइन् । ‘समाजमा आईभीएफ र प्रजनन उपचारलाई लिएर एक सकारात्मक सोचको विकास भएको छ । यसले परिवारको आवश्यकतामा मद्दत पुर्‍याउँछ,’ उनले भनिन् । मनोचिकित्सक डा. निर्मल लामिछानेले यस प्रक्रियामा मनोवैज्ञानिक समर्थनको महत्त्वलाई जोड दिँदै भने, ‘बाँझोपनको समस्याबाट गुज्रिरहेका दम्पतीलाई भावनात्मक र मनोवैज्ञानिक सल्लाह र समर्थन आवश्यक छ । जसको समाधान, विकल्प सँगै परामर्श महत्वपूर्ण हुन्छ । अभिनेत्री प्रियंका कार्कीले यस विषयमा समाज खुला कुरा गर्नु महत्वपूर्ण रहेको बताउँदै निसन्तानपन, आईभीएफका विषयमा जति कुरा गर्‍यो उति सहज हुने बताइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *