महिला फुटबल टिमलाई काठमाडौं महानगरको २५ लाख सहित सम्मान
काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँसहित सम्मान गरेको छ । पराजित भएर पनि देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक बधाई ।
नेताले टुक्राएको देशलाई सधैँ यसरी नै जोड्ने काम गरिराख्नुहोला, बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । बुधबार दशरथ रंगशालामा भएको फाइल खेलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको थियो । नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।