नेपाल लाइफले किन्यो हेटौडामा भवन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले मकवानपुरको हेटौंडामा भवनसहितको जग्गा खरिद गरेको छ । इन्स्योरेन्स कम्पनीले मकवानपुरको उपमहानगरपालिका–४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्रचन्द ठकुरीको नाममा रहेको भवनसहितको जग्गा पौने १८ करोडमा खरिद गरेको कम्पनी सचिव विनोद कुमार भुजेलले जानकारी दिए । उनका अनुसार ६० धुर क्षेत्रफलमा रहेको उक्त भवन १७ करोड १० लाख रुपैयाँमा खरिद गरेको र ७९ लाख ५१ हजार ५१ हजार ५ सय रुपैयाँ रजिष्ट्रेशन शुल्क गरी कुल १७ लाख ८९ लाख ५१ हजार ५ सय रुपैयाँ लागत लागत लागेको हो । कम्पनीको व्यवसायिक एंव कार्यालय प्रयोजनका लागि कात्तिक १४ गते उक्त जग्गा र भवन खरिद गरेको उनको भनाइ छ ।