बिजुली बक्यौता उठाउने निर्णयविरुद्ध हिमाल स्टिलले दायर गरेको रिट खारेज

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध सर्वोच्च अदालतले मंगलबार हिमाल आइरन एन्ड स्टिलले दायर गरेको रिटलाई खारेज गरिदिएको हो । यससँगै प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुलेको छ ।

डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ट स्टिलले २०७५ फागुन ९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो । मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश महेश शर्मा पौडेलको इजलासले उक्त रिटलाई खारेज गरिदिएको हो । प्राधिकरणका अनुसार, उद्योगले १३ करोड ६५ लाख एकहजार ९०२ रुपैयाँ बक्यौता तिर्न बाँकी छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *