नबिल बैंकको नाम प्रयोग गरेर अनधिकृत वेवसाइटहरूबाट ठगी गर्ने प्रयास
काठमाडौं । नबिल बैंकले आफ्नो नाम प्रयोग गरेर विभिन्न अनधिकृत वेवसाइटहरूबाट ठगी गर्ने प्रयास भएको जनाएको छ । बैंकले सूचना जारी गर्दै नबिल बैंकको नाम प्रयोग गरेर विभिन्न अनधिकृत वेबसाइटहरुबाट ठगी गर्ने प्रयास भइरहेको जनाएको हो ।
सुरक्षित रहनका लागि बैंकको सधैँ आधिकारिक वेबसाइट नबिल बैंक डटकम र एनबैंक डट नबिल बैंक डटकम मात्र प्रयोग गरेर वित्तीय लेनदेन गर्न बैंकले अनुरोध गरेको हो । सामाजिक मिडियामा देखिएका शंकास्पद विज्ञापनहरुमा आउने कुनै पनि लिंकमा क्लिक नगर्न बैंकले आग्रह गरेको छ । साथै कुनै शंका लागेमा तुरुन्त बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले जनाएको छ ।