आइतबार नेप्से परिसूचक ६२ अंकले बढ्यो

काठमाडौँ । आइतबार नेप्से परिसूचक ६२ अंकले बढेको छ ।

आज नेप्से ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा बन्द भएको छ । आज कुल ३२५ कम्पनीका २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुदा ९ अर्ब ७७ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।

आज गुँरास लाघुवित्त, सृजनशील लघुवित्त र सुपर मादी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज सानिमा ग्रोथ फण्डको शेयर मुल्य सबैभन्दा बढी ६.७६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी सानिमा जिआइसी इन्सुरेन्सको ३८ करोड करोड ४ लाख ३७ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी एक लाख ४७ हजार ३५ कित्ता शेयर कारोबार भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *