शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश घोषणा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँको ३ प्रतिशतका दरले १४ करोड २० लाख १० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले २३ करोड ६६ लाख ८४ हजार रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले जानकारी दिए । बैंकले यसअघि बैंकले आर्थिक वर्ष २०७९।८० मा ११.०५ प्रतिशत, आर्थिक वर्ष २०७८।७९ मा १४ प्रतिशत, आर्थिक वर्ष २०७७।७८ मा ११.५ प्रतिशत, आर्थिक वर्ष २०७६।७७ मा १३ प्रतिशत, आर्थिक वर्ष २०७५।७६ मा १५ प्रतिशत, आर्थिक वर्ष २०७४।७५ मा १८.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३।७४ मा २५ प्रतिशत, आर्थिक वर्ष २०७२।७३ मा २७ प्रतिशत, आर्थिक वर्ष २०७१।७२ मा २८.४२ प्रतिशत, आर्थिक वर्ष २०७०।७१ मा २२ प्रतिशत र आर्थिक वर्ष २०६९।७० मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।