शुभश्री साकोसले मनायो १८ औं स्थापना दिवस

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको शंखधरचोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव काशीभक्त कायष्ठले संचालन गरेका थिए भने उक्त कार्यक्रममा उपाध्यक्ष श्याम सुन्दर कायष्ठले स्वागत मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष श्रेष्ठले संस्था स्थापनाकाल नै देखि सामाजिक तथा आर्थिक विकासका लागि निरन्तर क्रियशिल रहेको बताए । उनले आगामी दिनमा पनि सदस्यहरुको आर्थिक,सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि संस्था क्रियशिल रहने जनाए ।

संस्थाको वित्तीय कारोबारलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन नयाँ नयाँ प्रविधिहरु जोडिदै जाने सो अवसरमा उनले जानकारी दिए । स्थापना दिवस कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी, सेयर सदस्य र विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो । संस्थाले गत असोज मसान्तसम्म २ हजार ६१२ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ भने संस्थाको कुल सम्पत्ति ३९ करोड ४७ लाख ५९ हजार पुगेको छ । संस्थाको शेयर पुँजी ४ करोड ६९ लाख ६३ हजार,बचत संकलन ३० करोड ५८ लाख १६ हजार र ऋण लगानी २१ करोड १७ लाख २६ हजार रहेको छ । त्यसैगरी संस्थागत पुँजी १ करोड ९७ लाख,जगेडा कोष १ करोड ८३ लाख ६४ हजार र विभिन्न कोषमा ३६ लाख ९१ हजार रहेको छ । मुलुकमा आएको आर्थिक मन्दीका कारण ऋण मागमा कमि आउँदा संस्थामा ४३ प्रतिशत तरलता रकम रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *