अमेरिकी विशेष दूत काठमाडौंमा
काठमाडौं । युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेकी छन् । उहाँको मुख्य भूमिका युवाहरूको आवाजलाई प्रबल बनाउनु र उनीहरूसँग अर्थपूर्ण सम्बन्धहरू स्थापना गर्नु हो, जसले लोकतन्त्रको प्रवर्धन र प्रगतिको लागि मार्ग प्रशस्त गर्नेछ, काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ । विशेष दूत फिनकेनाउरले नेपाल भ्रमणको क्रममा नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उनी लोकतन्त्र र नागरिक संलग्नता प्रवर्द्धन गर्ने युवा केन्द्रित कार्यक्रमहरूमा पनि सहभागी हुनेछिन् । यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रगाढ बनाउनुका साथै युवाहरूलाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्माणका लागि मद्दत गर्न सहयोग गर्नेछ, अमेरिकी दूतावासले भनेको छ ।