४० मेगावाट विद्युत् भोलि बंगलादेश निर्यात भारतले दियो स्वीकृति
काठमाडौं । भारतले अन्तिम समयमा स्वीकृति दिएपछि शुक्रबार (भोलि) ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिने भएको छ । गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको हो । योसँगै कात्तिक ३० गते (भोलि) एक दिन बिजुली बंगलादेश निर्यात गरिनेछ । नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बंगादेशलाई बिक्री गर्न पाउने सम्झौता छ ।
अन्तिम समयमा स्वीकृति पाएसँगै शुक्रबार दिउँसो बिजुली पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बाह्रखरीलाई जानकारी दिए । प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् । बंगलादेशमा विद्युत् निर्यात गर्न भारतको समेत स्वीकृति आवश्यक हुने सम्झौता छ ।