प्रभु साह भन्छन्- ओली नेतृत्वको सरकारका कारण देशमा महंगी बढ्यो

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाउँदा महंगी बढेको बताएका छन् ।

आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले करको नाममा हरेक क्षेत्रमा ओली सरकारले आतंक मचाएको आरोप लगाए ।आजपा अध्यक्ष साहले शान्ति सुरक्षा कायम गर्न असफल भएको ओली सरकारले हरेक बस्तुमा कर आतंक मचाएको टिप्पणी गरे ।

‘सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको छ । हत्या, हिंसा, लुट, भ्रष्टाचार बढदै गईरहेको छ । संगसंगै हरेक बस्तुमा प्रधानमन्त्री ओलीले करमाथि कर लगाउने र नागरिकलाई लुटने काम गरिरहेको छ’, साहले भने, ‘हामीभन्दा ठुलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने ? भारतमा २ लाखमा पाउने मोटरसाईकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ? यहाँ ओली सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिद्धयाउने कामले महंगी बढेको हो ’ उनले भने ।

आजपा धनुषा जिल्ला अध्यक्ष रामसागर महासेठको अध्यक्षतामा ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ अन्तरगतको अन्तरक्रिया कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षद्धय समिना हुसेन, बिल्टु यादव, महासचिव त्रिभुवन साह, उपमहासचिव राजन यादव लगायतको बिशेष सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *