बृद्धको दुखेसो

हजुरबनि त्यसै भन्थे
बाबाले नि भने
अब मेरो पालो आयो
मैले दिन गने ।।

आशा राखि बाचेकाथ्यौं
हुर्कि बढि गए
बिहे दान भए पछि
अर्कै अर्कै भए ।

आगनमा भुरा भुरी
दौडि रमाई खेल्दा
सौहार्दमा खुसि मन
दुख पिडा झेल्दा ।

छोरा छोरी तल्लिन भए
साहु महाजन हुन
बेसाहारा झै बनेका छौ
कर्म संझि रुन ।

टुट्यो छुट्यो जीवन अब
साथ हाम्रो हैन
ओत लाग्ने कटेरोमा
बास राम्रो छैन ।

निधारमा नौमुजा छ
गाला चाउरि परे
कसो गरी बाँचुं दैव
झट्ट लैजाउँ हरे ।

सुरालका तुना समेत
बाध्ने आंट छैन
बुढेशकाल भो जिवन अब
बाच्ने छांट छैन ।

बुढाबुढि कुना बसि
कति रोई रहुं
मनको बह सुन्ने हैनन्
जति फोई कहुं ।

ठेस लागोस् काडां बिजोस्
खुसि हुन्थ्यो मन
छोरा छोरी हाँसि खेलमा
लाग्थ्यो यहि हो धन।।

घांस पराल दाउरा भारी
नियमित कर्म
गृह्यस्तिको अगुवाई
आशा रुपि धर्म।

झुट्ठा रुपि जिवन रैछ
नियतिको खेल
कहिल्यै बुढो हुन्न भन्ने
उमेरको झेल ।।

मलजल जति गरौं
फल्ने हैन फल
त्यस्तै रुप उमेरले
झार्दो रैछ तल

खान सक्ने छैन अब
मिठो आहारा
प्रभुबिना कोहि छैन
हाम्रो सहारा ।।

दुख भोग कति गर्यौ
जीवन चर्या कस्तो
उमेरमा रमिएका
आज भईयो यस्तो ।

सुख शान्त मिलोस् भन्ने
मेरो भावना
बुढेसकालको सहारामा
शुभकामना ।
(हाल अष्टेलिया)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *