मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा रहने

काठमाडौं । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् ।

हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलमार्फत म्याद थपका लागि उनलाई अदालत उपस्थित गराइएको थियो । अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जापानमा मानव तस्करी गरेको आरोपमा अनुसन्धानमा रहेका उनलाई थप अनुसन्धानका लागि प्रहरीले थप ६ दिनको म्याद मागेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *