शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक छ- गृहमन्त्री

धनगढी । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भएपनि संगै अनुशासित पनि बन्नुपर्ने बताएका हुन् । उनले भने- सबै भन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो, तर सुरक्षा संगै अनुशासन पनि कायम गराउन जरुरी छ । गृहमन्त्री लेखकले मंसिर १६ मा हुनगईरहेको उपनिर्वाचनलाई निश्पक्ष र शान्तीपुर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

गृहमन्त्री लेखकले भने- लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो । उनले लोकतन्त्र मर्यादित ब्यबस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिबार्य रहेको उल्लेख गरे । गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता बिषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

 उनले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदै भने- ‘तपाईहरुले काम गरिराख्नु भएको छ तर यत्तिले पुग्दैन थप क्रियासिलता र सकृयता भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छन ।’ उनले सुरक्षा गोष्ठी औंपचारिकतामा मात्र सिमित नभई सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका बिषयमा गम्भीर समीक्षा गरि आगामी योजना बनाउने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *