कैलाश हेलिकोप्टर कर दिवसमा सम्मानित
काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज १३ औं राष्ट्रिय कर दिवसमा सम्मानित भएको छ । कैलाश हेलिकोप्टरले आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीको क्षेत्राधिकारका करदातामध्ये आर्थिक वर्ष २०७९।०८० मा सबैभन्दा बढी आयकर दाखिला गरेको थियो ।
कैलाश हेलिकप्टर सर्भिसेजलाई प्रमुख कर अधिकृत युवराज श्रेष्ठद्वारा कैलाश हेलिकप्टर सर्भिसेजका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डेलाई सम्मान पत्रका साथै दोसल्ला ओढाइ सम्मान गरेका थिए । यसअघि ९ औं राष्ट्रिय कर दिवस २०७७ मा पनि सबैभन्दा बढी आयकर दाखिला गरेकोमा कैलाश हेलिकप्टरलाई सम्मानित गरिएको थियो । कैलाश एयरका तीनवटा हेलिकप्टर छन् ।