नेशनल लाईफले बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान गरेको छ । इन्स्योरेन्सले बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०।८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जनाभन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा सीईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीयरूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुरूप मधेश प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका अभिकर्ताहरु सम्मनित भईसकेको र सोही क्रममा बागमती प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको जानकारी गराइएको थियो ।

सीईओ खत्रीले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरूले सबैभन्दा बढी रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी चेयरपर्सन क्लबमा पुर्‍याउने उद्देश्यले सीईओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट २००० जनाभन्दा बढी अभिकर्ताहरू यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *