आइ.सि.एफ.सि.फाइनान्सका ग्राहकलाई वन्डरल्यान्ड नेपालमा १० प्रतिशत बोनस

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकलाई वन्डरल्यान्ड नेपाल बुङ्मतीले उपलब्ध गराउने सेवामूल्यमा १० प्रतिशत बोनस दिने भएको छ । बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई किकफन वल्र्ड प्रा.लि.बाट सञ्चालित वन्डरल्यान्ड नेपाल बुङ्मतीको सेवामूल्यमा १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने गरी दुवै पक्षबीच समझदारी भएको छ ।

समझदारी अनुसार फाइनान्सका ग्राहकले वन्डरल्यान्ड नेपालमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाका लागि बैंकका ग्राहकलाई १० प्रतिशत बोनस थप गरी वन्डरल्यान्डले कार्ड उपलब्ध गराउने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *