नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बजारबाट एक खर्ब उठाउँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट १०० अर्ब अर्थात् १ खर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अत्यधिक तरलता भएपछि केन्द्रीय बैंकले १०० अर्ब रुपैयाँ खिच्न लागेको हो । बैंकले बुधबार बोलकबोल विधिमार्फत् २१ दिनका लागि तरलता खिच्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको निक्षेप व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्न लागेको हो । केन्द्रीय बैंकले यसअघि ८ गते ५० अर्बको निक्षेप संकलन गर्ने भने पनि ९ अर्ब ५० करोड रुपैयाँको मात्र आवेदन प्राप्त भएको छ ।