पञ्चकन्या वाथवेयरले जर्मन प्रविधि र उपकरणबाट निर्मित धारा नेपालमा सार्वजनिक
काठमाडौं । पञ्चकन्या वाथवेयरले जर्मन प्रविधि र उपकरणबाट निर्मित धारा नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित प्लास्ट नेपाल एक्स्पो २०२४ मा कम्पनीले घर तथा भवनहरूमा प्रयोग हुने नयाँ धाराहरू सार्वजनिक गरेको हो । कम्पनीले ती धारा नेपालका विभिन्न नदीका नामले नामांकन गरेको छ । नेपाली बजारको विशिष्ट आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखी विश्वस्तरीय मानक अपनाएर उच्च गुणस्तरका धारा डिजाइन गरिएको कम्पनीले बताएको छ । पञ्चकन्या वाथवेयरका सेल्स हेड बसन्त रिजालले उच्च गुणस्तरका यी फरक–फरक धाराहरूमा नेपालीपन झल्काउन नेपालका नदीको नाम दिइएको बताए । “विभिन्न मोडलको जति पनि नाम छ त्यो नेपालका नदीको नामले राखेका छौँ । नेपालकै लागि भनेर नयाँ डिजाइन गरेका छौँ र धारा भन्ने बित्तिकै पानीसँग जोडिने भएकाले नदीको नाम दिँदै नेपालीपन लिएर आएका छौँ,” उनले भने । यस्तै, नेपालमै पहिलोपटक विशेष डिजाइन र रङ ९गन मेटल०बाट निर्मित धारा पनि ल्याइएको र त्यसलाई कोसी नाम दिइएको उनले बताएका छन् । “यो विशेष रङ र डिजाइनको धारा नेपालमा आएको छैन । यो गन मेटल हो । यसको सबै उपकरणहरू पार्ट्सहरू जर्मनीबाटै ल्याइएको हो ।
सबै मोडलको डिजाइन छुट्टाछुट्टै छ र सोहीअनुसार नेपालका नदीको नाम दिइएको छ, कम्पनीका सेल्स हेड रिजालले भने । पञ्चकन्याका यी धाराहरूको नाम महाकाली, सेती, गन्डकी, कोसी, कन्काइ, राप्ती, मेलम्ची, सोलुलगायत रहेको छ । ग्राहकले आफूलाई मनपर्ने डिजाइन एवं नामका आधारमा गुणस्तरीय धारा खरिद गर्नसक्ने उनले बताए । उच्च गुणस्तरको ब्रासबाट बनाइएकाले यी धारा लामो समयसम्म चल्ने र टिकाउ हुने कम्पनीको भनाइ छ । ग्राहक सन्तुष्टि सुनिश्चित गर्न आफ्नो उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डहरूको पूर्ण पालना गरिएको कम्पनीको दाबी छ । कम्पनीले नेपालभर आफ्ना उत्पादनको उपलब्धताको लागि आगामी नेपाली आर्थिक वर्षको अन्त्यसम्म देशभर एकसय वितरकलाई आफ्नो नेटवर्कमा सामेल गराउने योजना रहेको बताएको छ । नेपालको प्रमुख सेनेटरी एवं धारा ब्रान्डमध्येको पञ्चकन्या वाथवेयरले उच्च गुणस्तरका उत्पादन मात्रै बजारमा ल्याउने गरेको बताएको छ ।