मतपरिणाम दुई दिनभित्र आउँछ : निर्वाचन आयोग

काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए । १७ गतेभित्रमा सबै नतिजा प्रकाशन गर्ने गरी आवश्यक तयारी गर्न लगाइएको छ । राजनीतिक दलका उमेदवारका प्रतिनिधिलगायत सबैले सहयोग गरिदिए समयमा नै मतगणना सकिन्छ । आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । एउटा मात्रै मतदान केन्द्र रहेका वडामा मतदान सकिनासाथ मतपेटिका अन्यत्र ढुवानी नगरी सोही स्थानमा गणना गर्ने व्यवस्था गर्नू भनेका छौँ, थपलियाले भने । वडामा एकभन्दा बढी मतदान केन्द्र छन् भने मतपेटिका एकै ठाउँमा ल्याउनुपर्ने उनले बताए ।

“काठमाडौं महानगरपालिकाको १६ नम्बर र कीर्तिपुरका दुई बाहेकका वडाको परिणाम सोही दिन ९राति १२ बजे०सम्म नतिजा निकाल्ने गरी तयारी गर्नू भनेका छौँ । उपनिर्वाचन हुन लागेका स्थानका प्रमुख र उप्रमुखको हकमा १७ गते राति १२ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने गरी व्यवस्था मिलाइएको थपलियाले बताए । गणना टोली, आवश्यक पर्ने रिसोर्स र सुरक्षाको व्यवस्था मिलाएका छौँ,” उनले भने, “एकभन्दा बढी वडा छन् भने जहाँ पालिकाको केन्द्र छ, त्यहीँ मतगणना हुनेछ । पालिका प्रमुख र उपप्रमुखको गणना १७ गते रातिसम्ममा सकिनेछ । प्रमुख वा उप्रमुख र वडाध्यक्षको चुनाव भएका ठाउँमा पहिले वडाको गणना हुनेछ । कीर्तिपुरको नगरपालिका मेयर र वडा नम्बर १ र ४ मा उपनिर्वाचन हुँदै छ । त्यहाँ पहिले वडाको मतगणना हुनेछ । उपनिर्वाचन हुन लागेका तीन पदमा एकल उमेदवारी परेपछि सर्वसम्मत भइसकेको छ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी ९भुल० निर्विरोध निर्वाचित भइसकेका छन् । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । तीन पदमा सर्वसम्मत भएकाले ४१ पदमा मात्रै मतदान हुनेछ । निर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाट हेर्न सकिने आयोगले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *