इन्स्टाग्राममा यसरी शेयर गर्नुहोस् आफ्नो लाइभ लोकेसन
मेटा कम्पनीको स्वामित्वमा रहेको लोकप्रिय सोसल मिडिया एप इन्स्टाग्रामले एक नयाँ फिचर जारी गरेको छ । उक्त नयाँ अपडेटसँगै अब प्रयोगकर्ताले आफ्ना साथीसँग आफ्नो तत्कालको लोकेसन शेयर गर्न सक्दछन् । मेटाकै अर्को मेसेजिंग प्लाटफर्म ह्वाट्सएपमा लामो समयदेखि उपलब्ध रहेको यो फिचरलाई कम्पनीले इन्स्टाग्राममा पनि थप गरेको छ । इन्स्टाग्रामको यस लाइभ लोकेसन शेयरिङ फिचरलाई डाइरेक्ट मेसेजमा जोडिएको छ, जुन स्टिकर प्याकसँगै रहेको छ । इन्स्टाग्राममा लाइभ लोकेसनलाई स्टिकर तथा निकनेम सँगै शेयर गर्न सकिनेछ । अर्थात् तपाईंले आफ्नो नामभन्दा फरक कुनै उपनामसँगै आफ्नो लोकेसन आफ्ना साथीसँग मेसेजमा शेयर गर्न सक्नुहुन्छ। इन्स्टाग्राम अपडेटका अनुार लाइभ लोकेसनलाई अधिकतम १ घण्टाका लागि शेयर गर्न सकिनेछ ।इन्स्टाग्रामको यो नयाँ फिचर खासगरी त्यस्ता प्रयोगकर्ताका लागि निकै उपयोगी हुनेछ जसले प्रायः जमघट तथा पार्टी गर्दछन् वा कुनै खास ठाउँमा साथीभाई जम्मा हुन चाहन्छन् ।
इन्स्टाग्राममा लाइभ लोकेसन फिचर कसरी प्रयोग गर्ने ?
सबैभन्दा पहिले इन्स्टाग्राम एप अपडेट गर्नुहोस्
त्यसपछि डाइरेक्ट मेसेजमा जानुहोस्
त्यहाँ तपाइँले विभिन्न स्टिकर देख्नुहुन्छ, त्यसबाट लोकेसनवाला स्टिकर छान्नुहोस्
त्यसपछि लोकेसनको एक्सेस दिनुहोस् र आफुलाई मनपर्ने कुनै निकनेम सँगै शेयर गर्नुहोस् ।