तनाव भगाउन युवकले हजार घरमा चोरी गरेपछि
नयाँ दिल्ली । साह्रै तनाव भइरहेको छ भने तपाईँ के गर्नु हुन्छ रु कोही घुम्न निस्कनु होला । कसैले घर परिवारको साथमा समय बिताउनु होला । साथीभाइसँग हाँसी मजाक वा मस्तीमा तनाव भुल्ने कोसिस गर्नु होला । तर तनाव कम गर्नकै लागि अपराध गर्नु हुन्छ र ? कसैको घरमा पसेर चोरी चकारी गर्नु हुन्छ ? यो काम त पटक्कै गर्नुहुन्न होला । तर जापानमा एक जना व्यक्तिले ठ्याक्कै यस्तै गरेका छन् । आफ्नो तनाव कम गर्न ती पुरुषले हजार भन्दा धेरै घरमा चोरी गरेका छन् । जापानी प्रहरीले बुधबार ती व्यक्तिलाई पक्राउ गरेका थिए । प्रहरीसामु ती व्यक्तिले तनाव कम गर्नकै लागि आफूले १ हजारभन्दा बढी घरमा चोरी गरेको स्वीकार गरेका छन् । ३७ वर्षीय यी पुरुषलाई दक्षिणी जापानको दाजाइफुमा रहेको एउटा घरमा तोडफोड गरेको आशंकामा प्रहरीले समातेको थियो । जापानी अखबार माइनिची शिम्बुनका अनुसार आरोपी व्यक्तिले प्रहरीलाई भनेका छन्, ‘अरूको घरमा छिर्नु मेरो शौक हो र यो काम मैले १००० भन्दा बढी पटक गरेको छु ।’ अरुको घरमा छिर्दा कसैले आफूलाई समात्ला कि नसमात्ला भन्ने सोचेरै आफ्नो हातमा पसिना आउन थाल्ने, आफू रोमाञ्चित हुने र यसरी आफ्नो तनाव पनि कम हुने पनि ती व्यक्तिले प्रहरीलाई बताए ।