यी हुन् नेपाल-चीनबीच भएका विभिन्न ९ वटा सहमति र समझदारी बुँदा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा चीन र नेपालबीच विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आज (मंगलबार) बिहान प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता भएपछि सम्बन्धित अधिकारीहरुले टोखा छहरे सुरुङमार्ग, नेपाल चीन व्यापार अभिवृद्धि लगायत विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नगद सहयोग सम्बन्धी पत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान भएको छ ।

यी हुन् नेपाल-चीनबीच भएका ९ वटा सहमति र समझदारी

१.टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
२.नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
३.नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
४.थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
५.विकास योजना सम्बन्धी समझदारी पत्र
६.आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
७.नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
८.स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
९.नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेको हो । भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्र मन्त्री डा।आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा।युवराज खतिवडा, संघीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *